+
+

वैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १३:४०

२१ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

२३ वैशाखदेखि २२ जेठसम्म जारी हुने उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेको वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपालीले आवेदन दिन सक्नेछन् ।

५ वर्ष अवधिको उक्त बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याज पाइने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

बचतपत्रमा न्यूनतम १० हजार र बढीमा १० हजारले निशेष भाग जानेगरी आह्वान गरीएको रकमसम्म आवेदन दिन सकिनेछ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने, जुनसुकै समयमा दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?