+
+

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:२१

२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ ।

आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।

‘अस्थायी बासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषय मन्त्रिपरिषद्‌मा छलफल भइराखेको छ । हामी कार्यविधिलाई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?