+
+

ललितपुर महानगरको पर्यटन आय साढे ९ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:३८
फाइल तस्वीर

काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटन शुल्क बापत झन्डै साढे ९ करोड रुपैयाँ संकलन गरेको छ ।

शुक्रबार महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

महानगरका अनुसार यस वर्षको हालसम्म आन्तरिक तथा वाह्य पर्यटकबाट पर्यटन शुल्क वापत ९ करोड ४३ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।

सार्वजनिक सुनुवाइमा योजना तथा कार्यक्रमहरूको अध्यावधिक स्थिति पत्र सार्वजनिक गर्दै महानगरले पर्यटन प्रवर्द्धनका लागि महानगरले छुट्टै वेब साइट सञ्चालन गरेको जानकारी गराएको छ ।

पर्यटन रुट प्रवर्द्धन गर्न नक्सा तथा ब्रोसर तयार गरी पर्यटकहरूलाई वितरण गरिएको महानगरले जनाएको छ । यसै गरी पर्यटन प्रवर्द्धनका लागि मुख्य सम्पदा स्थलहरूको क्यूआर कोड राख्ने तयारी भइरहेको महानगको भनाइ छ ।

पर्यटकहरूको बढी आवतजावत हुने अन्य स्थानीय तहको प्रमुख पर्यटकीय स्थानमा ललितपुरका पर्यटकीय स्थानहरुको प्रचार प्रसारका लागि डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्य अघि बढिरहेको महानगरले जनाएको छ ।

यस वर्ष ललितपुर महानगरपालिका-२१ खोकनाको ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे नाच प्रदर्शन, नरदेवी श्वेतकाली (ङयतभुल अजिमा) १२ वर्षे देवी नाच र पचली भैरव तथा भद्रकाली (लुँमधि) अजिमाको १२ वर्षे खड्ग सिद्धि जात्रा सफल बनाउने काम गरेको स्थिति पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?