+
+

६ जना सचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:५६

२१ वैशाख, काठमाडौं । ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ । पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ ।

कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?