+
+

१५ लाख बराबरको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १७:१८

२१ वैशाख, रौतहट । सशस्त्र प्रहरी बलले रौतहटको विभिन्न स्थानबाट राजस्व छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले रौतहटको विभिन्न नाकाबाट राजस्व छलेर अवैध रूपले भित्रिएको लत्ताकपडा, किराना सामान तथा मदिरालगायतका सामान बरामद गरेको जनाएको छ ।

भन्सार छलेर ल्याइएको ४०४ थान लत्ताकपडा सहित भारततर्फ अवैधरूपमा पठाउन लागिएको १०४ कार्टुन मदिरासमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले अवैध कारोबारमा प्रयोग भएका ४ थान मोटरसाइकल र ६ थान साइकल समेत बरामद गरेको छ ।

बरामद गरिएका सामान भन्सार कार्यालयमा पठाइएको नम्बर ११ गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?