+
+

ओलीका कारण गठबन्धन खतरामा : घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १८:३६

२१ वैशाख, बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण वर्तमान सत्ता गठबन्धन खतरामा रहेको बताएका छन् ।

शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले ओलीको व्यवहारले गठबन्धनको भविष्य धेरै लामो नजान सक्ने बताएका हुन् ।

‘माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै कांग्रेस र पार्टीभित्रको द्वन्द्वले गर्दा नयाँ गठबन्धनमा बाध्यताले जोडिएका हुन्,’ भूसालले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भरपर्छ ।’

सम्झौता उल्लङ्घन गर्ने, सहमति कार्यान्वयन नगर्ने ओलीको पुरानै बानी भएको भूसालले बताए । उनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालले आनाकानी गरेको संकेत गर्दै त्यसो भए गठबन्धन टुट्ने चेतावनी दिए । भूसालले भने, ‘गठबन्धनलाई चुँडिने गरी नतान्नुस अन्यथा क्षति हुनेछ ।’

भूसालले एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक भुईँचालो जाने दाबी गरेका छन् । उनले महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुबिकृत गराउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?