+
+

सीजी फुड पार्कमा अज्ञात समूहको आक्रमण, २४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १९:१५

२१ वैशाख, काठमाडौं । चौधरी ग्रुप (सीजी) द्वारा ललितपुर भैंसेपाटीमा सञ्चालित सीजी फुड पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।

शुक्रबार अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहका अधिकांश महिला र केही पुरुषले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात तथा भौतिक सम्पत्ति तोडफोड गरेको सीजीले जनाएको छ ।

उनीहरूले पार्कभित्र छिरेर ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकमाथि अभद्र र असभ्य व्यवहार गरेको सीजीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिए ।

उता, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले उक्त समूहका १७ महिला र पाँच पुरुषलाई पक्राउ गरिएको जानकारी दिए । साथमा बस चालक र सहचालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू को हुन् भन्नेबारे नखुलेको र अनुन्धान जारी रहेको उनले जानकारी दिए ।

सीजीले उद्योगमाथि दिन–दहाडै भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाको भत्र्सना गरेको छ । घटनाले देशको औद्योगिक वातावरणमा नराम्रो असर पुर्‍याउन सक्नेतर्फ सचेत रहन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । सीजीले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?