+
+

बागमतीमा दलहरूबीच सहमति : ३१ वैशाखमा बजेट अधिवेशन, १४ जेठमा नीति तथा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १९:४५

२१ वैशाख, हेटौंडा । बागमती प्रदेशमा ३१ वैशाखमा बजेट अधिवेशन बोलाउने दलहरूबीच सहमति भएको छ ।

१५ फागुन २०८० मा सुरु भएको हिउँदे अधिवेशन १२ वैशाखबाट अन्त्य भएको थियो ।

सभामुख भुवनकुमार पाठकले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा बजेट अधिवेशनका लागि क्यालेन्डर बनाएर जाने सहमति जुटेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

बजेट क्यालेन्डर हरेक वर्ष कार्यान्वयनमा लैजाने सहमति पनि भएको उनले बताए ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ । जसअनुसार ३१ वैशाखमा बजेट अधिवेशन बोलाउने, १ जेठमा प्रि–बजेट ल्याउने, १४ जेठमा नीति तथा कार्यक्रम र १ असारमा बजेट प्रस्तुत गरिने मन्त्री थपलियाले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार १ असारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्छ ।

आगामी आर्थिक वर्षको विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकतामाथि १ जेठबाटै छलफल गर्ने दलहरूबीच सहमति भएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण शर्मा खनालले जानकारी दिए ।

सन्तुलित बजेट ल्याउन आर्थिक मामिला मन्त्रीलाई सुझाव दिइएको नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?