+

हालान्डको ४ गोलमा सिटीको सहज जित

२०८१ वैशाख  २३ गते ७:०८ २०८१ वैशाख २३ गते ७:०८
हालान्डको ४ गोलमा सिटीको सहज जित

२३ वैशाख, काठमाडौं । एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमयर लिगमा वल्भसलाई ५-१ ले सहजै पराजित गरेको छ ।

हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको सिटी लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । १२औं मिनेटमा पेनाल्टी गोलबाट सिटीलाई अग्रता दिलाएका हालान्डले ३५औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले तेस्रो गोल पनि पेनाल्टीबाटै गरे ।

यस्तै ५४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । हालान्डलाई नै रिप्लेस गरेका जुलियन अल्भारेजले सिटीका लागि ८५औं मिनेटमा गोल गरे ।

वल्भसका लागि ह्वाङ ही चानले ५३औं मिनेटमा एक मात्र गोल गरे ।

जितपछि सिटीको ३५ खेलबाट ८२ अंक जोडेको छ । एक खेल बढी खेलेको आर्सनल ३६ खेलबाट ८३ अंसकिहत शीर्ष स्थानमा छ । प्रिमियर लिगको उपाधि होडमा अब यही दुई क्लब छन् ।

एर्लिङ हालान्ड म्यान्चेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय