
२३ वैशाख, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी चालु आवको ९ महिनामा १ करोड ८१ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नोक्सानी पोहोरको तुलनामा केही घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नोक्सानी २ करोड ६५ लाख रुपैयाँ थियो ।
विद्युत् बिक्रीबाट कम्पनीले चालु आवको तेस्रो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, पहिले यस्तो आम्दानी २ करोड १४ लाख रुपैयाँ थियो । वित्तीय लागत घट्दा कम्पनीको नोक्सानी घटेको देखिन्छ । वित्तीय लागत गत आवको तेस्रो त्रैमासमा २ करोड ५० लाख रुपैयाँ रहेकोमा अहिले १ करोड ५९ लाख रुपैयाँ छ ।
कम्पनीको चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २ रुपैयाँ २७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८२ रुपैयाँ छ ।
प्रतिक्रिया 4