
२३ वैशाख, काठमाडौं । १९ वर्ष ९ महिना २ दिन जेल सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५८ वर्षीय भरत सुनार छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका–२ खानीखोलाबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत नुवाकोटले २०७८ पुस २६ गतेको कर्तव्य ज्यान मुद्दामा उनलाई १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर गरेको थियो ।
उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4