+

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

२०८१ वैशाख  २३ गते १३:५२ २०८१ वैशाख २३ गते १३:५२
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ?

७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ ।  असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो ।

अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर ।

हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको जीवन अध्ययन गरिएको थियो । यसमा उनीहरूको काम, जीवन,  स्वास्थ्य र सबै विषयको अभिलेख राखिएको थियो । शोधकर्ताहरूले धेरै वर्ष र धेरै मानिसको अध्ययनमा पत्ता लगाएका छन् कि राम्रो सम्बन्धले हामीलाई खुसी र स्वस्थ राख्छ । सामाजिक सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । परिवार, साथीभाइ र समुदायसँग सामाजिक रूपमा राम्रोसँग जोडिएका व्यक्ति खुसी हुने र उनीहरूको स्वास्थ्य पनि अरूको तुलनामा राम्रो हुने अध्ययनले देखाएको छ ।

एक्लै बस्दाको नतिजा भने निकै नराम्रो देखियो । उनीहरूको स्वास्थ्य मध्यजीवनमा बिग्रन थाल्छ र मस्तिष्कले पनि बेलाबेलामा काम गर्न छाडेको देखियो ।

अध्ययनमा बाहिर आएको दोस्रो सबैभन्दा ठूलो कुरा यो हो कि तपाईंको कति जना साथी छन् भन्दा पनि मित्रता वा सम्बन्ध रहेका व्यक्तिमध्ये कति जना नजिक भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि वैवाहिक जीवनमा धेरै भ्रम छ र त्यसमा प्रेम छैन भने यो स्वास्थ्यका लागि धेरै हानिकारक सावित हुन्छ । सम्बन्धको बारेमा सुरक्षित महसुस गर्नुहुन्छ, आफ्नो मनका कुरा पार्टनरलाई खुलेर भन्न सक्नुहुन्छ, विश्वास गर्नुहुन्छ भने मानसिक रूपमा पनि स्वस्थ हुनुहुन्छ । यसको अर्थ हाम्रो स्वास्थ्य र खुसीको लागि असल र विश्वासिलो सम्बन्ध आवश्यक छ ।

विश्वास गर्न सक्ने व्यक्ति भेटाउन भने गाह्रो छ

अब कुरा गरौं, आजको सम्बन्धसँग सम्बन्धित यथार्थको । सम्बन्ध तब मात्र बलियो हुन्छ जब हामीले आफ्नो मनमा रहेको हरेक कुरालाई कुनै डर वा हिच्किचाहट बिना अर्को व्यक्तिसँग बाँड्न सक्छौं । तर अहिले यस्तो विश्वास गर्ने व्यक्ति भेट्न गाह्रो छ ।

अहिले श्रीमानले श्रीमतीको हत्या गरिरहेका छन्, दाजुले भाइको, भाइले दाजुको, छोराले बाबुको हत्या गरिरहेका छन् । एक अर्काभन्दा अगाडि पुग्ने प्रयासमा नैतिकतालाई पन्छाएर मान्छेहरू अगाडि बढिरहेका छन् । त्यसैले त झुट र स्वार्थको बजार फस्टाएको छ । यो जमानामा आँखा चिम्लिएर विश्वास गर्न सक्ने व्यक्ति खोज्न सजिलो छैन ।

कुनै कुरा गोप्य रहँदैन

यदि तपाईंले आफ्नो सबै कुरा खुलेर बताउन सक्ने कोही भेटिहाल्नु भयो भने पनि सजक हुनुपर्छ । आजको समयमा कुनै पनि कुरा गोप्य रहँदैन । मोबाइल मार्फत हरेक सानो कुरा, च्याट, यात्रा विवरण, सौख, क्रेडिट कार्ड, फोटो, गुगल खोज, डाइल गरिएको नम्बर र लेनदेनहरू पनि सबै निगरानी हुन्छ । कुनै पनि काम वा कुराकानी लुक्दैन ।

पहिलो पटक नयाँ स्मार्ट फोन सेटअप गर्दा तपाईंसँग धेरै अनुमति लिइन्छ । फोनलाई आफ्नो गुगल खाताबाट लगइन गर्नुपर्ने हुन्छ र यहाँबाट गुगलले तपाईंको डाटा संकलन गर्न थाल्छ । धेरै सेटिङहरू फोनमा पूर्वनिर्धारित रूपमा नै हुन्छन्, जसले हरेक पल निगरानी गर्छ ।  तपाईं कहिले र कहाँ जानुभयो, के खोज्नुभयो, गुगलले यसको पूरा रेकर्ड पनि राख्छ । यसरी संकलन गरिएको डाटा प्रयोगकर्तालाई राम्रो अनुभव प्रदान गर्न सान्दर्भिक विज्ञापनहरू देखाउन प्रयोग गरिन्छ ।

त्यसैगरी कसैलाई पनि विश्वास गर्न गाह्रो भएको छ । त्यसैले कसैसँग नजिक हुनु वा मन खोल्नुअघि पचास पटक सोच्नुपर्छ । आत्मीयता बढाउन कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नु राम्रो हुन्छ । कोही जतिसुकै प्यारो किन नहोस्, कमसेकम त्यो व्यक्तिबाट केही गोप्य कुरा मनमा नै राख्नुपर्छ ।

अर्थात्, सम्बन्धमा घनिष्ठता बढाउनुको सट्टा जब हामी भेट्छौं, खुला दिमागले भेट्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ । पुराना मुद्दाहरूमा गुनासो वा झगडा गर्नुको सट्टा हरेक क्षणको आनन्द लिनुपर्छ । हाँसौं र अरूलाई पनि हँसाऔं । जीवनको हरेक पलको आनन्द लिऔं । जीवनको वास्तविक सुख यिनै हुन् ।

एजेन्सीको सहयोगमा

जिउने तरिका जिन्दगी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?