
२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4