+
+

जनता समाजवादी पार्टी फुट्यो, अशोक राई समूह निर्वाचन आयोगमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १७:०८

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । मन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला बहाल वाला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नयाँ दलमा राई र सुडीसँगै प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ खुलेका छन् । दल दर्ताको निवेदन दिन उनीहरु सबै आयोग पुगेका थिए ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?