+
+

१७ दिनदेखि आमरण अनसनमा बसेकाको जीवन रक्षा गर : मानव अधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १७:२१

२३ वैशाख, काठमाडौं। मावन अधिकार आयोगले रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ ।

आइतबारका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘ रूस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरुको मृत्यु भएको पुष्टि भइसकेको, केही घाइते भई उपचाररत रहेका तथा जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारको लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरु विगत १७ दिनदेखि काठमाडौँमा अनसनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । ‘

आयोगमा उजुरी प्राप्त हुनुका साथै रुसी सेनामा रहेका व्यक्तिहरुका परिवार तथा आफन्तलगायतले उद्धारका लागि पहल गरिदिन भनी काठमाडौँको रत्नपार्कमा जारी राखेको आमरण अनसन स्थलको समेत आयोगले अनुगमन गरेको  जनाएको छ ।

यस्तै रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धारका लागि कूटनीतिक पहल गर्न समेत सरकारसँग आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?