+
+

कैलालीमा ५ लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १७:३०

२३ वैशाख, धनगढी । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्तालाई पक्राउ गरेको जानकारी दिए ।

सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । उनको साथबाट बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?