
२३ वैशाख, काठमाडौं । सगरमाथाको प्रवेश बिन्दु मानिने तेन्जिङ हिलारी विमानस्थल लुक्लामा लगेज स्क्यानिङ मेसिन जडान गरिएको छ ।
यो विमानस्थलमा यसअघि हातले लगेज चेक हुँदै आएकोमा अब मेसिनमार्फत लगेज जाँच हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यसले उडान सुरक्षासँगै यात्रुको चेकइन प्रक्रियालाई समेत सहज बनाउने छ ।
पर्यटकीय सिजनमा यो विमानस्थल हुँदै सयौं यात्रुले यात्रा गर्छन् । लुक्ला नेपालको व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4