+

तारेको खाना खाँदा डिप्रेसनको जोखिम बढ्छ ?

२०८१ वैशाख  २४ गते ११:४३ २०८१ वैशाख २४ गते ११:४३
तारेको खाना खाँदा डिप्रेसनको जोखिम बढ्छ ?

भर्खरै गरिएको एक अध्ययनले धेरै भुटेको, तारेको खाना खाने व्यक्तिमा डिप्रेसन वा एन्जाइटीको उच्च जोखिम हुने देखाएको छ । भुटेको खानाको बारम्बार उपभोगले एन्जाइटीको १२ प्रतिशत जोखिम र डिप्रेसनको ७ प्रतिशत जोखिम हुने अध्ययनको निष्कर्ष छ ।

यस्ता खानेकुराको सबैभन्दा बढी असर पुरुष त्यसमाथि पनि युवामा परेको थियो । पीएनएएस जर्नलमा प्रकाशित यो अध्ययन चीनको झेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेका हुन् । उनीहरुले ११ वर्षको अवधिमा १४ लाख भन्दा बढी मानिसको डाटा मूल्यांकन गरेका थिए ।

अध्ययनकर्ताहरूका अनुसार भुटेको खानामा एक्रिलामाइड नामक रसायन हुन्छ, जुन केही खानेकुरा धेरै उच्च तापक्रममा पकाउँदा उत्पादन हुन्छ । एक्रिलामाइड मस्तिष्कसँग सम्बन्धित एन्जाइटी र डिप्रेसनसँग जोडिन्छ ।

अमेरिकन साइकियाट्रिक एसोसिएसनका अनुसार डिप्रेसन सबै मानसिक विकारमध्ये सबैभन्दा सामान्य हो । ३० प्रतिशत वयस्कहरूलाई जीवनको कुनै न कुनै बिन्दुमा डिप्रेसनको समस्या हुन्छ । यसले ऊर्जाशील जीवनमा बाधा पुर्‍याउँछ ।

डिप्रेसनले व्यक्तिको सोच्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ, जसले गर्दा उदासीको भावना वा पहिले रमाइलो गरेका गतिविधिमा चासो नहुने हुन्छ । डिप्रेसनले मानसिक र शारीरिक समस्या निम्त्याउन सक्छ ।

चिन्ता र तनावबाट बच्न यी चीजलाई खानामा बहिष्कार गर्नुपर्छ

चिनी

धेरै चिनी शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । मोटोपन, उच्च रक्तचापसँगै यसले डिप्रेसन, चिन्ता र मुड स्विङको समस्या बढाउँछ ।  गुलियो खानाले अल्छी लाग्ने, मुड परिवर्तन हुने र धेरै खाना खान मन लाग्ने समेत हुन्छ । ब्लड सुगरको मात्रामा बारम्बार वृद्धि हुन्छ र रगतमा एड्रेनालाइन र कोर्टिसोल स्रावलाई ट्रिगर गर्न सक्छ । यसले एन्जाइटी र तनावको समस्या निम्त्याउन सक्छ ।

तारेको, भुटेको खानेकुरा

जंकफुड, पिज्जा, फ्राइड चिकेन, ह्याम्बर्गर, फ्रेन्च फ्राइ जस्ता तारेका खानामा पोषक तत्त्व निकै कम हुन्छ । ती खानेकुरालाई पचाउन पनि धेरै गाह्रो हुन्छ । शरीरले खाना पचाउन नसकेमा ग्यास, एसिडिटी र अन्य ग्यास्ट्रोइन्टेस्टाइनल समस्या हुनसक्छ । यसले चिन्ता पनि बढाउँछ ।

क्याफिन र निकोटिन

क्याफिन र निकोटिन कफी, चिया, एनर्जी ड्रिङ्क, चकलेट र केही दुखाइ कम गर्ने उत्पादनहरूमा पाउन सकिन्छ । क्याफिन र निकोटिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्छ । यसको अत्यधिक सेवनले मुटुको धड्कन, चिडचिडापन, चिन्ता र अनिद्रा पनि निम्त्याउन सक्छ ।

प्रशोधित खाना

एस्पार्टम, मोनोसोडियम ग्लुटामेट र केही खाद्य रङहरूले एन्जाइटी डिप्रेसन र मुड स्विङ जस्ता समस्या निम्त्याउन सक्छ । एस्पार्टम कृत्रिम गुलियो पदार्थ हो । यो सुगर फ्री क्यान्डी, च्युइङगम र चिसो पेय पदार्थमा समावेश हुन्छ । यसले एन्जाइटी र डिप्रेसनसहित अन्य धेरै मानसिक स्वास्थ्य समस्या बढाउन सक्छ ।

मोनोसोडियम ग्लुटामेट खाजा, प्रशोधित खाना र खानालाई लामो समय ताजा राख्न प्रयोग गरिन्छ । यो थकान, टाउको दुखाइ, अवसाद र चिन्तासँग सम्बन्धित छ । सफ्ट ड्रिङ्क, क्यान्डी, चीज र अन्य प्रशोधित खानेकुरामा प्रयोग हुने फुड कलरिङले पनि एन्जाइटीको लक्षण बढाउन सक्छ ।

खानामा केही विशेष कुरा समावेश गरेर डिप्रेसनबाट छुटकारा पाउन सकिन्छ ।

दही

दहीमा ल्याक्टोबैसिलस र बिफिडोब्याक्टेरिया नामक स्वस्थ ब्याक्टेरिया हुन्छ । धेरै अध्ययनले पत्ता लगाएका छन् कि यी दुवै ब्याक्टेरियाले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । दैनिक दहीको सेवनले एन्जाइटी, डिप्रेसन र तनाव कम गर्न सकिन्छ ।

ग्रन टी

ग्रीन टीमा थायमिन नामक एमिनो एसिड हुन्छ, जसमा मुडसम्बन्धी विकारहरू निको पार्ने शक्ति हुन्छ ।  थायामिनमा एन्टि–डिप्रेसन गुणहरू हुन्छ, यसले सेरोटोनिन र डोपामाइनको उत्पादनलाई पनि बढाउँछ ।

एभोकाडो

एभोकाडोमा मुडलाई सुधार्ने सेरोटोनिन हुन्छ । साथै यसमा भिटामिन बी थायमिन, रिबोफ्लेभिन र नियासिन पाइन्छ, जसले स्नायु प्रणालीमा सकारात्मक प्रभाव पार्छ । यी भिटामिनको कमीको कारण केही मानिसमा चिन्ताको समस्या देखा पर्छन् ।

फर्सीको ब

फर्सीको बीउ पोटासियमको उत्कृष्ट स्रोत हो, जसमा शरीरमा इलेक्ट्रोलाइट्स सन्तुलन र रक्तचाप नियन्त्रण गर्नुका साथै तनाव र चिन्ताको लक्षण कम गर्ने शक्ति हुन्छ । यसमा मिनरल जिङ्क पनि हुन्छ, जसले मुडलाई राम्रो राख्छ ।

माछा

डिप्रेसनबाट छुटकारा पाउन साल्मन, म्याकरेल र टुना माछा खानुपर्छ । यसले डिप्रेसनसँग लड्न मद्दत गर्छ । माछामा ओमेगा–३  फ्याटी एसिड हुन्छ, जसले मस्तिष्क कोषिकाहरु बीचको जडान बनाउन र न्यूरोट्रान्समिटरहरूको लागि रिसेप्टर तन्त्रिकाहरूलाई बलियो बनाउन मद्दत गर्छ । खानामा ओमेगा–३ फ्याटी एसिड लिंदा सेरोटोनिनको उत्पादन बढ्छ र मुड राम्रो हुन्छ ।

अण्डा

अण्डाको पहेंलो भाग भिटामिन डीको उत्कृष्ट स्रोत हो । यसमा प्रोटिन पनि प्रचुर मात्रामा पाइन्छ, जसकारण शरीरलाई सबै प्रकारका अत्यावश्यक एमिनो एसिड प्राप्त हुन्छन् । तिनीहरूले शरीरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् । अण्डामा ट्रिप्टोफान नामक एमिनो एसिड हुन्छ, जसले सेरोटोनिन हार्मोन उत्पादन गर्न मद्दत गर्छ ।

ओमेगा–३ फ्याटी एसिड

एक अनुसन्धानअनुसार ओमेगा–३ फ्याटी एसिड आफ्नो आहारमा नलिने व्यक्तिलाई डिप्रेसनको खतरा बढी हुन्छ । यसको सेवनले मस्तिष्कले राम्रोसँग काम गर्छ । यसका लागि आलस, भटमासको तेल, नट, बोसोयुक्त माछा, हरियो सागसब्जीलाई आहारमा समावेश गर्नुपर्छ ।

सेलेनियम

धेरै अनुसन्धानले पत्ता लगाएका छन् कि सेलेनियमको सेवनले व्यक्तिको मुडमा सकारात्मक प्रभाव पार्छ ।  यसले तनावका लक्षणहरू कम गर्न मद्दत गर्छ । दैनिक ५५ माइक्रोग्राम सेलेनियम उपभोग गर्नुपर्छ ।  यसका लागि आफ्नो डाइटमा नट, सी फुड र मासु खान सकिन्छ ।

भिटामिन डी

घामको किरण पनि डिप्रेसनको औषधि जस्तै हो । भिटामिन डीको मुख्य स्रोत घाम हो । भिटामिन डीको उपभोगले चिन्ता र डिप्रेसनको भावना कम हुन्छ । माछा र दुग्धजन्य पदार्थलाई आहारमा समावेश गर्नाले पनि भिटामिन डी प्राप्त हुन्छ ।

एन्टिअक्सिडेन्ट र राम्रो कार्बोहाइड्रेट

आहारमा दैनिक एन्टिअक्सिडेन्ट र राम्रो कार्बोहाइड्रेट पनि समावेश गर्नुपर्छ । भिटामिन ए, सी र ईमा एन्टिअक्सिडेन्ट पाइन्छ । जबकि कार्बोहाइड्रेट सम्पूर्ण अन्न, फलफूल र तरकारीमा पाइन्छ । यसका लागि सकेसम्म फलफूल र तरकारीको सेवन गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

डिप्रेसन तारेको खानेकुरा स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?