+
+

राजेन्द्र श्रेष्ठले भने : उपेन्द्रले समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:२१

२३ वैशाख, काठमाडौ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने बताएका छन् ।

उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उनले बताए । ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, त्यसले अस्थिरता ल्याउने भयो । त्यसैले यो कदम चाल्नु परेको हो’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन रहने उनले बताए । ‘मन्त्री नै यहाँ आउनुभएको छ । सरकारलाई समर्थन रहन्छ’, श्रेष्ठले भने ।

सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् भने नवलकिशोर साह वन तथा वातावरण मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?