
२३ वैशाख, काठमाडौं । सामूहिक बलात्कारका एक प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–७ घर भएका ३७ वर्र्षीय पूर्णबहादुर गुरूङ छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले आइतबार पोखराका क्रान्तिटोलबाट पक्राउ गरेको हो ।
२०७१ असार ६ गते राति साढे ८ बजेतिर पोखराकै शिवशक्ति टोलस्थित क्रान्तिकारी टोल नजिक ४२ वर्षीया एक महिलामाथि गुरुङसहित चार जनाको समूहले बलात्कार गरेको थियो ।
गुरुङ विरुद्ध जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रूपैयाँ जरिवाना र २ हजार २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भएको थियो ।
गुरुङसहित ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया 4