
२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्ति त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापक रहेको खुलेको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय प्रा.डा.गोविन्द रिजाल छन् । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका एसएसपी दिनेशराज मैनालीले बताए ।
त्यसैगरी घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकी बिमला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश लामा छन् ।
पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ । चालक लामाको खुट्टामा चोट लागेको छ । पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4