+
+

मानव बेचबिखनको आरोपमा एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:५६

२३ वैशाख, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ का ४७ वर्षीय श्यामबाबु बराकोटी छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले धादिङबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बराकोटीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका गौतम मिश्रले जानकारी दिए ।

उनले भिजिट भिसामा कुवेत पुर्‍याएर बेचबिखन गरेकोको आरोप लागेको छ । उनले २०७९ माघ २५ गते एक व्यक्तिलाई कुवेत पूर्‍याएका थिए ।

कुवेत पुर्‍याएपछि कागजात नियन्त्रणमा लिएर श्रीलंकन एजेन्टलाई जिम्मा लगाएको पाइएको छ ।त्यसपछि ती व्यक्तिलाई बन्धक बनाएर राखिएकोमा र नेपाल फर्कन समेत मानव तस्करmाई ५ लाख बुझाउनु परेको भन्दैपीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?