+

उत्कृष्ट बलिङमा चेन्नईले पन्जाबलाई हरायो

२०८१ वैशाख  २३ गते १९:४० २०८१ वैशाख २३ गते १९:४०
उत्कृष्ट बलिङमा चेन्नईले पन्जाबलाई हरायो

२३ वैशाख, काठमाडौं । चेन्नई सुपर किंंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५३औं खेलमा उत्कृष्ट बलिङका साथ पन्जाब किंग्सलाई २८ रनले हराएको छ । यो जितले चेन्नईको प्लेअफ सम्भावना बढाएको छ ।

१६७ रनको लक्ष्य पछ्याउको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । पन्जाबका प्रभशिम्रन सिंहले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३० रन बनाए ।

जोनी बेयरस्टो ७, राइली रोसोऊ शून्य, शशांक सिंह २७, साम करन ७, हरप्रित ब्रार १७, हर्षल पटेल १२ र राहुल चाहरले १६ रन बनाए ।

चेन्नईका रवीन्द्र जडेजाले ३, तुषार देशपाण्डे र सिमरजीत सिंहले २/२ विकेट लिए । मिचेल सान्टनार र शार्दुल ठाकुरले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

रवीन्द्र जडेजाले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर ऋतुराज गायकवाड ३२, डर्याल मिचेल ३०, अजिंक्या रहाणे ९, मिचेल सान्टनार ११, मोईन अली र शार्दुल ठाकुरले १७/१७ रन बनाए ।

पन्जाबका राहुल चाहर र हर्षल पटेलले ३/३ विकेट लिए । अर्शदीपसिंह २ र साम करनले १/१ विकेट लिए ।

चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ । पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ आठौं स्थानमा छ ।

राजस्थान १० खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

इन्डियन प्रिमियर लिग चेन्नई पन्जाब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय