+

मलेसियामा सीता सर्वोत्कृष्ट, रूविना र पूजा उत्कृष्ट

२०८१ वैशाख  २३ गते २०:५० २०८१ वैशाख २३ गते २०:५०
मलेसियामा सीता सर्वोत्कृष्ट, रूविना र पूजा उत्कृष्ट

२३ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीकी अनुभवी अलराउण्डर सीता रानामगर मलेसिया सुपर वुमेन लिग टी-२० क्रिकेट प्रतियोगिता २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । त्यसै रुविना क्षेत्री उत्कृष्ट ब्याटर र पुजा महतो उत्कृष्ट बलर चुनिएका छन् ।

आइतबार फाइनलमा सीता सम्मिलित वेस्टर्न वोन्डेरले साउथर्न जागुआर्सलाई ५ रनले हराउँदै उपाधि जित्यो । वेस्टर्नलाई च्याम्पियन बनाउन सीताले प्रतियोगिताभर ५ खेलमा १५० रन बनाउनुको साथै ८ विकेट लिएकी थिइन् ।

प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएकी रुविनाले इस्टर्न लाईनेसबाट ५ खेल्दै १९४ रनका साथ शीर्ष स्थानमा थिइन् । उत्कृष्ट बलर चुनिएकी पुजा महतोले सेन्ट्रल सुपर गल्र्सबाट ६ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा थिइन् ।

अलराउण्डर कविता कुँवरले साउर्थन जागुअर्सबाट खेल्दै १५३ रन बनाएकी थिइन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचिमा शीर्ष तीनमा नेपाली खेलाडी नै थिए ।

त्यस्तै नर्थन क्विन्सबाट खेल्दै इन्दु बर्माले ५ खेलमा ७६ रन बनाएकी थिइन् । खेल्दै पुजा महतोले ६ खेलमा ६६ रन बनाएकी थिइन् ।

कविता कुँवर ६ खेलमा ७ विकेट लिएकी थिइन् । रुविना र इन्दुले ५–५ विकेट लिएका थिए । अश्मिना कर्माचार्यले नर्थन क्विन्सबाट खेल्दै ५ खेलमा ४ विकेट लिएकी थिइन् । ५ टोलीको सहभागीता प्रतियोगितामा ६ नेपाली खेलाडीले सहभागीता जनाएका थिए ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय