+
+

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते ८:१४

२४ वैशाख, काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् । ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र वस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?