+
+

नाडेप लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, प्रतिसेयर आम्दानी ५० पैसा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते ९:३२

२४ वैशाख, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा ५० पैसा छ । दोस्रो बजारमा ७६४ रुपैयाँ ९० पैसा मूल्य रहेको यस कम्पनीको मूल्य आम्दानी अनुपात १५२९ गुणा छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १ रुपैयाँ ४३ पैसा थियो ।

कम्पनीको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी घटेको हो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आवको यसै अवधिमा ५२ लाख २२ हजार कमाएको थियो । खुद ब्याज आम्दानी पनि घटेको छ । गत आवको यस अवधिमा यस्तो आम्दानी २१ करोड ६७ लाख रुपैयाँ रहेकोमा अहिले १७ करोड १ लाखमा झरेको छ ।

कम्पनीले उठाउन नसकेको कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा गत आवको तेस्रो त्रैमासमा ९.९१ प्रतिशत रहेकोमा अहिले ९.९८ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ५२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?