
एसपी सन्तोष आचार्य
२४ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।
सिराहामा आचार्यलाई १ फागुनको सरुवामा पठाइएको थियो । इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।
यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4