
२४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार गठन आदेशमार्फत बनेको समितिको म्याद चार वर्ष तोकिएको थियो, जुन पर्सि २६ गते पूरा हुनेछ ।
नयाँ कानुन बनिनसकेकाले मन्त्रिपरिषद् बैठकले एक वर्ष म्याद थप्ने निर्णय गरेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4