
२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज पण्डितले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताए । उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4