२५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा ओलिसको दुई गोल प्रेरित क्रिस्टल प्यालेसले म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान सेहर्स्ट पार्कमा भएको खेलमा प्यालेसका लागि ओलिसले १२औं र ६६औं मिनेटमा गोल गरे ।
यस्तै जिन फिलिप माटेटाले ४०औं र टाइरिक मिचेलले ५८औं मिनेटमा गोल गरे ।
प्यालेस पहिलो पटक लिगमा एकै सिजन युनाइटेडलाई दुवै पटक हराएको हो ।
प्यालेससँग लज्जास्पद हारपछि युनाइटेड ३५ खेलबाट ५४ अंकसहित आठौं स्थानमै छ । प्यालेस ३६ खेलबाट ४३ अंकसहित १४औं स्थानमा छ ।
प्रतिक्रिया 4