
प्रविधिको संसारमा तीव्र रुपमा परिवर्तन भइरहेको विज्ञान तथा प्रविधिले मानिसहरुको कामलाई निकै सजिलो बनाइदिएको छ ।
नयाँ-नयाँ प्रविधिबाट मानिसहरुले कम समयमै धेरै काम गर्न सकेका छन् । यदि तपाईंलाई प्रविधिका विभिन्न टूलहरुको फाइदा थाहा भयो भने तपाईंको त्यसको उत्कृष्ट ढंगले प्रयोग गर्न सक्नुहुन्छ । तपाईंको दैनिक प्राविधिक कर्मलाई सजिलो बनाइदिने केही स्मार्ट टेक टिप्स यस्ता छन् :
आफ्नो आवश्यकलाई ध्यानमा राख्नुहोस्
आजको समयमा नयाँ-नयाँ प्राविधिक टूलहरु बजारमा आइरहेका छन् । नयाँ प्रविधियुक्त प्रडक्टहरू हेरेर मानिसहरु प्रायः उत्साहित हुन्छन् । यस्तोमा उनीहरु दायाँबायाँ नसोचेर विभिन्न अनावश्यक टेक टूल वा डिभाइस खरिद गर्न पुग्छन् ।
कुनै नयाँ टेक टूल खरिद गर्नुअघि तपाईंले त्यस विषयमा केही अध्ययन गरेर जानकारी हासिल गर्न सक्नुहुनछ । यसो गर्नाले तपाईंले आफ्नो समय र पैसा दुवै जोगाउन सक्नुहुन्छ ।
कुनै प्रविधि टूल खरिद गर्नुअघि तपाईंले उक्त टूल वर्तमान वा भविष्यमा कुनै काम आउँछ वा आउँदैन भन्ने कुरालाई ख्याल गर्नुहोस् । यदि काम नआउने रहेछ भनेर खरिद नगर्नुहोस् ।
एआई प्रविधिमा ध्यान दिनुहोस्
पछिल्ला केही वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले तीव्र रुपमा आफ्नो प्रभाव छाडेको छ ।
एआईले मानिसहरुका धेरै कामलाई सजिलो बनाइदिएको छ । एआईले व्यक्तिगत वित्त, एप, फिटनेस तथा स्वास्थ्यमा पनि आफ्नो छाप छाडिरहेको छ । यस्तोमा एआईले मानिसहरुको जीवनमा दिनहुँका कामहरुमा पनि असर पारिरहेको छ ।
एप इन्स्टल गर्दा सतर्क हुनुहोस्
अहिले जोकोहीको साथमा स्मार्टफोन छ । यस्तोमा मानिसहरुले हरेक दिन कुनै नयाँ एपलाई आफ्नो फोनमा इन्स्टल गरिरहेका हुन्छन् ।
फोनमा एप इन्स्टल गर्दा अनधिकृत उपाय अपनाउनु हुँदैन । कुनै विश्वासिलो स्रोत वा एप्लिकेसन स्टोरबाटै एप डाउनलोड गर्नुपर्छ ।
यदि तपाईंले कुनै अन्जान लिंक वा फर्जी वेबसाइटबाट कुनै एप इन्स्टल गर्नुहुन्छ भने तपाईंको डिभाइसको सुरक्षाका लागि खतरनाक सावित हुनसक्छ ।
यसो गर्दा डिभाइसको क्षमता तथा ब्याट्री लाइफमा नकारात्मक प्रभाव पर्नसक्छ। यस्तो समस्यालाई हटाउनका लागि तपाईंले डिभाइस म्यानेजमेन्ट सफ्टवेयरको प्रयोग गर्न सक्नुहुन्छ।
प्रतिक्रिया 4