
२५ वैशाख, पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । वैशाख ३१ गतेसम्म चल्ने सप्ताहको उद्घाटन मुख्यमन्त्री खगराज अधिकारीले गरे ।
गण्डकीमा चालु आर्थिक वर्षमा मात्रै ३ सय २२ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसमा १ सय ५५ जनाले ज्यान गुमाएका छन् । कार्यक्रममा ७७.२७ प्रतिशत दुर्घटना सवारीचालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।
त्यस्तै, यात्रुका कारण ८.८२ प्रतिशत, यात्रीका कारण ६.६८ प्रतिशत र सडकका कारण ६.९५ प्रतिशत दुर्घटना भएका छन् । सप्ताह उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै भएको बताए ।
‘दुर्घटनाका प्रतिशतमा मानवीय लापरबाही नै प्रदान देखियो, नियम उल्लंघन कुराले धेरै क्षति भइरहेको हुन्छ, नियम र पद्धतिमा चल्यौं भने कहिल्यै समस्या हुँदैन’, उनले भने ।
प्रतिक्रिया 4