
२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत भेटिएका छन् ।
निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारी अनुसार निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्।
गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले दावी गरे ।
निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले भिमपुरमा मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ। चालु आर्थिक बर्षमा २१ गैंडा र ६ बाघ मृत भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4