+
+

ठोरीमा जंगल सफारी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १४:४९

२५ वैशाख, काठमाडौं । पर्साको ठोरीमा जंगल सफारी सुरु भएको छ । ठोरी गाउँपालिका-२ स्थित जंगल रिसोर्ट ठोरीबाट सोमबार पहिलो पटक जंगल सफारी गरिएको हो ।

ठोरी गाउँपालिका–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेतसहितको टोलीले पहिलो पटक जंगल सफारीको परीक्षण गरेका हुन् ।

जंगल रिसोर्टबाट सुरु भएको सफारी इच्छानगर हुँदै सिकारीबास, बुद्वनगरबाट हुलाकी मार्ग हुँदै जंगल रिसोर्ट ठोरीमा आई सम्पन्न भएको थियो ।

सोमबार परीक्षणका रुपमा सञ्चालन भएको र केही दिन भित्र कानुनी प्रक्रिया मिलाई नियमित रुपमा सफारी सुरु गरिने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

जंगल सफारी सञ्चालन गर्न सडक मर्मतका लागि समितिबाट ८ लाख रुपैयाँ खर्च गरी काम सम्पन्न समेत गरेको अध्यक्ष बस्नेतले बताए । जंगल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयम थप्ने विश्वास उनको छ ।

ठोरीको पर्यापर्यटनका लागि थप आकर्षक हुने ठोरी-२ का वडाध्यक्ष सापकोटाले विश्वास गरे ।

भारतीय नागरिक र वीरगञ्ज लगायत स्थानबाट आउने पाहुनाका लागि जंगल सफारी प्रभावकारी हुने, ठोरीका जंगलभित्र र बाहिरका बस्ती समेत लाभान्वित हुने अध्यक्ष समितिका अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?