
२५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् ।
विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् ।
पोखरेल करिब १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागको प्रमुख थिए ।
विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4