+

गण्डकी प्रदेश स्केटिङको अध्यक्षमा राजकुमार घिमिरे

२०८१ वैशाख  २६ गते ६:०० २०८१ वैशाख २६ गते ६:००
गण्डकी प्रदेश स्केटिङको अध्यक्षमा राजकुमार घिमिरे

पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्षमा बुद्धि पुन, सचिवमा सूर्यबहादुर खड्का , कोषाध्यक्षमा  भरत तिमिल्सिना, सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छन् ।

भेलाले स्केट खेलको इतिहास, वर्तमान र आगामी भविस्यसहित छलफल गरेर यो खेलको विकास, प्रचारप्रसार, प्रवर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता गरेको छ ।

स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय