+
+

बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई नभेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १२:३२
राजकुमार ह्यारी ।

काठमाडौं । बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई नभेट्ने भएका छन् । कार्यव्यस्तताका कारणले उनले ह्यारीलाई नभेट्ने भएका हुन् ।

फरक क्षमताका प्रतिस्पर्धी सहभागी हुने खेलको दशक पुगेको उपलक्ष्यमा बेलायत आएका ह्यारीले बुवा चार्ल्सलाई भेट्न चाहेका थिए । तर, उनको भेट नहुने भएको छ ।

डुक अफ ससेक्सका प्रवक्ताको भनाइ उद्धृद गर्दै बीबीसीले लेखेको छ, ‘पिताको कार्यव्यस्तताको कारणले दुईजनाबीच भेट हुन सकेन, छिट्टै भेटको आशा राखिएको छ ।’

गत फेब्रुअरीमा पिता चार्ल्सलाई क्यान्सर देखिएपछि ह्यारी बेलायत आएका थिए । यता ह्यारीका प्रवक्ताले पनि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँको सार्वजनिक प्रतिबद्धता र प्राथामिकतलाई बुझेका छौँ । हाम्रो भेट हुनेछ भन्ने आशा छ ।’

लण्डनबाट ह्यारी नाजेरिया जानेछन् । नाइजेरियाको सेना प्रमुखको निमन्त्रणामा उनी पत्नी मेगनसहित त्यसतर्फ जान लागेका हुन् ।

राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ । गत सातादेखि उनी सार्वजनिक कार्यक्रममा उपस्थित हुन थालेका छन् ।

चिकित्सकीय निगरानीमा रहेका उनलाई सार्वजनिक कार्यक्रम र भीडभाडमा जान केही समय रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?