
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्र दुई वटा शाखा स्थानान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिका-१७ खुसीबुमा रहेको २ शाखामध्ये एउटा शाखा काठमाडौंको नागार्जुन नगरपालिका-१६ स्थित खरिबोट र काठमाडौं महानगर-२६ स्थित गोंगबु शाखालाई नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
स्थानान्तरण गरिएका साविकका खुसीबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
यी दुई शाखा स्थानान्तरण भएसँगै सो क्षेत्रका ग्राहकमा बैंकिङ सेवाको पहुँच अझ सहज हुने विश्वास बैंकले गरेको छ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4