
२६ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमार्फत एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । २४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर डाउनलोड गरेर अश्लिल तस्बिरमा नाबालिकाको फोटो जोडी नक्कली फेसबुक आइडी बनाएको खुलेको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4