
काठमाडौं । आईपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आईपी टीभी च्यानल सेवा सुरु गरेको छ ।
जसमा २०० भन्दा धेरै लाइभ एचडी र एसडी च्यानलहरू सञ्चालनमा छन् । जसमा खेलकुद, समाचार, सूचानामूलक लगायत मनोरञ्जनात्मक च्यानल समावेश छन् ।
युट्युब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्समा क्यारो टीभी सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्मार्ट सेट टप बक्समा गुणस्तरीय भिडियो फोर के पज र प्ले जस्ता सुविधा ग्राहकले पाउन सक्नेछन् ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य सहरमा आईपी टीभी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको सेवा काठमाडौं उपत्यकाका सबै ठाउँमा, पूर्वमा विर्तामोडसम्म , पश्चिममा नेपालगञ्जसम्म, पोखरादेखि वीरगञ्ज लागायत नेपालका सबै मुख्य सहरमा उपलब्ध रहेको छ । साथै क्यारो टीभीको सेवा २४ घण्टा, सातै दिन सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ ।
कम्पनीको नयाँ प्याकेज अनुसार १ वर्षको आईपी टीभी अफरमा १२ महिना बोनस, २४ महिना आईपी टीभीसँगै फ्री स्मार्ट सेटअप बक्स र फ्री फाइभजी डुअल ब्यान्ड राउटर, २ सय एमबीपीएस गतिको इन्टरनेट पनि पाउनेछन् ।
प्रतिक्रिया 4