
२६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन जारी गरेको छ ।
बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुुपर्ने व्यवस्था छ ।
कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएको कार्यालयले जनाएको छ ।
पाँच वर्षसम्म नवीकरण नभएका हतियार जफत हुने कानुनी व्यवस्था रहेको पनि जिप्रकाले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4