
काठमाडौं । नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८१ सुरु लगत्तै कम्पनीले ग्राहकका लागि आकर्षक अफर घोषणा गरेको हो ।
१ वैशाखदेखि यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्राहकले धेरै फाइदाहरू पाउन सक्नेछन् ।
कम्पनीका अनुसार यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुटले नेपालभरिका ग्राहकले यामाहा बाइक र स्कुटरलाई थप पहुँच योग्य बनाउने विश्वास कम्पनीको छ ।
विशेष नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ ।
ग्राहकहरूले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन् ।
यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
यो विशेष अफरहरूको फाइदा लिन आफूलाई पायक पर्ने यामाहा शोरुम जानुपर्नेछ ।
प्रतिक्रिया 4