२७ वैशाख, काठमाडौं । रोशन क्षेत्रीको दुई गोल मदतमा समाज कल्याण खेलकुद केन्द्रले शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार गोलबजार स्पोर्टस क्लबलाई २-१ ले पराजित गरेको ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा समाज कल्याणलाई जित दिलाउन रोशनले दुवै हाफमा गोल गरे ।
खेलको नवौं मिनेटमा रोशनले गोल गर्दै समाज कल्याणलाई पहिले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेपनि ६३औं मिनेटमा गोलबजारले बराबरी गोल फर्कायो ।
गोलबजारका लागि ओमले बराबरी गोल गरे । तर गोलबजारको उक्त बराबरी लाम्व समय टिकेन ।
६८औं मिनेटमा रोशनले व्यक्तिगत दोस्रो गोल गर्दै समाज कल्याणला२ २-१ को अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै समाज कल्याणले खेल जित्यो ।
जितपछि समाज कल्याण ७ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । पराजित गोलबजारको ७ खेलबाट ५ अंक छ ।
प्रतिक्रिया 4