
२७ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाले आवेदन दिएका छन् ।
बैंक सीईओका लागि आवेदन दिने अन्तिम दिन बिहीबारसम्म २० जनाको आवेदन परेको बैंकका सूचना अधिकारी देवेशप्रसाद लोहोनीले जानकारी दिए ।
बैंकको सीईओ बन्न आवेदन दिनेमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत दुर्गाकुमारी कँडेल (छत्कुली) र पवन रेग्मी छन् । यस्तै बैंकका पूर्वकर्मचारी नरेशराज अर्याल र शंकरकुमार रायमाझीले पनि आवेदन दिएका छन् ।
यसैगरी रामदेव यादव, अगम मुखिया, विष्णुदेव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्ररमण खनाल, दीर्घबहादुर अर्याल, झबिन्द्र खत्री, गणेशप्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य र माधवप्रसाद रेग्मीले बैंकको सीईओ बन्न आवेदन दिएका छन् ।
सीईओ छनोट तथा सिफारिस समितिले योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गर्नेछ ।
उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजना मूल्यांकन आधारमा ५ जना अन्तर्वार्ताका लागि छनोट हुनेछन् ।
पाँचै जनाले दिने प्रस्तुति र अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । जसमध्ये एक जना सीईओ बन्ने छन् ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको ८ वर्षको २ कार्यकाल सकिएपछि हाल बैंकमा सीईओ पद रिक्त थियो ।
प्रतिक्रिया 4