
काठमाडौं । फिल्म ‘एक्टर’को छायांकन शुक्रबारदेखि सुरु भएको छ । पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्दै छायांकन थालिएको हो ।
शुभसाइत समारोहमा अभिनेता प्रदीप खड्का र डेब्यु एक्ट्रेस दिब्या रायमाझी सहभागि थिए । क्यामेरा र स्क्रिप्ट पूजा गर्दै उनीहरुले फिल्म सफलताको कामना गरे ।
राजन भुषालले निर्देशन गर्ने यो फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्यदेव पन्त, सुशिल सिटौलाको अभिनय हुने जनाइएको छ ।
फिल्मले नेपाली फिल्म क्षेत्रमा सफल हुन संघर्षरत एक अभिनेताको करिअरको कथा प्रस्तुत गर्ने जनाइएको छ ।
चर्चित अभिनेत दिलिप रायमाझीकी छोरी दिब्याले यो फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । केही दिनअघि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ समेत गरिएको थियो ।
छायांकन पोखरामा १० दिन चल्नेछ । काठमाडौंमा एक महिना सुटिङ तालिका छ । थमनकुमारी भण्डारी निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।
कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन मिति तय गरिएको छ ।
प्रतिक्रिया 4