
२८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट राय/सुझाव माग गरेको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् ।
जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना रिसर्चएट सेबोन डट् जीओभी डट् एनपीमा पठाउन सकिने बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4