२८ वैशाख, काठमाडौं । दिपशे राईले दुई गोल गरेपछि बागमती युथ क्लबले शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार बाजुराको रानीवन स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा चार गोल भयो । जहाँ दिपेश राईले ४८औं र ८०औं मिनेटमा गोल गर्दै बागमती युथलाई २-० को अग्रता दिलाए ।
८२औं मिनेटमा रानीवनका विष्णु चौधरीले पेनाल्टीमबाट गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर इन्जुरी टाइमको चौथो मिनेटमा सृजन राज गौतमले गोल गर्दै बागमती युथको जित पक्का गरे ।
जितपछि बागमती ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । आरसी ३२ फुटबल क्लब एकेडेमीको पनि समान १६ अंक नै भएपनि गोलअन्तरमा बागमती युथ अगाडि रहेको छ ।
रानीवल ७ खेलबाट ६ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4