
२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई जना नगर प्रहरी अधिकृतहरूको राजीनामा स्वीकृत भएको छ ।
काठमाडौं महनागरका नगर प्रहरी प्रमुख भइसकेको नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत भएको हो ।
शुक्रबार बसेको कार्यापालिका बैठकले दुवै जनाको राजीनामा स्वीकृत गरेको हो । राजीनामा दिएका दुवै जना ११ फागुन २०५७ मा स्थायी नियुक्त भएका थिए ।
मेयरमा निर्वाचित भएसँगै बालेन साहले नगर प्रहरी उपरीक्षक सापकोटालाई हटाएर राजु पाण्डेलाई नगर प्रहरी प्रमुख बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4