+
+

कांग्रेसको निष्कर्ष : सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १९:३९

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिंदै महामन्त्री गगन थापाले भने,  ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्यत भएको हाम्रो निष्कर्ष छ ।’

यसबारेमा थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताए ।

उनका अनुसार पदाधिकारी बैठकले सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ । उक्त बैठकबाट थप निर्णय हुने उनले बताए ।

उनले आफूहरूको माग पनि सम्बोधन होस् र संसद पनि चलोस् भन्ने सदाशयता राख्दाराख्दै पनि सरकारले रबैया देखाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?