+

युरोकपमा २६ खेलाडी टिममा राख्न पाइने

२०८१ वैशाख  २९ गते १४:५५ २०८१ वैशाख २९ गते १४:५५
युरोकपमा २६ खेलाडी टिममा राख्न पाइने

२९ बैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा जर्मनीमा हुने युइएफए युरो २०२४ मा सहभागि टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।

युइएफएको एक्जुकेटिभ कमिटीले आसन्न युरोकपका लागि सहभागि टिममा खेलाडी संख्या बढाउने निर्णय गरेको हो ।

यसअघि सहभागि टिमले २३ खेलाडी राख्न पाउँथे । अब भने सहभागि टिमले २३ देखि २६ जनासम्म खेलाडी टिममा राख्न पाउनेछन् ।

यद्यपी यस निर्णय अनुसार टिमले अनिवार्य रुपमै २६ खेलाडी टिममा राख्नुपर्ने भने छैन ।

प्रतियोगिताको नियम अनुसार सहभागि टिमले आगामी ७ जुनसम्म कम्तीमा २३ देखि बढीमा २६ खेलाडी युइएफमा बुझाइसक्नुपर्नेछ ।

सहभागि खेलाडीको जर्सी नम्बर १ र २६ को बीचमा हुनुपर्नेछ । यदी १ नम्बरको जर्सी प्रयोग भएमा त्यो अनिवार्य रुपमा गोलकिपरले लगाउनुपर्नेछ ।

यदी दर्ता गरिएका खेलाडी वा गोलकिपर घाइते भएमा टिम डक्टर र युइएफए मेडिकल कमिटीको डक्टरले उक्त खेलाडीले प्रतियोगिता खेल्न नसक्ने प्रमाणित गर्नुपर्नेछ । त्यसपछि मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ ।

युरोकप युरोकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय